मानवसेवा आश्रमलाई निरमाया दोहोरी साँझका कलाकारको खाद्यान्न सहयोग
पाेखरा | असार २१, २०८२
पोखरा: विगत २१ वर्षदेखि लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित पोखाराको चिप्लेढुंगामा सञ्चालित निरमाया दोहोरी साँझका कलाकारहरुले मानवसेवा आश्रमलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ ।
दोहोरी साँझको २१ औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका १७ स्थित संचालनमा रहेको आश्रमलाई करिब २५ हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो ।
कला, संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा पनि क्रियाशिल हुनुपर्ने हेतुका साथ सहयोग गर्न मानव आश्रम पुगेको निरमाया दोहोरी साँझका कलाकार प्रमुख गुप्त गुरुङले जानकारी दिए ।
उनका अनुसार पोखरामा छुट्टै छवि बनाउन सफल निरमाया दोहोरी साँझले हरेक वर्ष वार्षिकोत्सबको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सोही अनुसार यस वर्षपनि असार १५ देखि २० गतेसम्म राष्ट्रियस्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरुले वार्षिकोत्सबको अवसरमा प्रस्तुती राखेका थिए ।
सोही कार्यक्रममार्फत संकलित रकममध्येबाट आश्रमलाई सहयोग हस्तान्तरण गरेको उनले बताए ।
कलाकार प्रमुख गुरुङका अनुसार सहयोग हस्तान्तरण कार्यक्रममा टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डव गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बिक, इन्द्रा गुुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राई कलाकारहरुको उपस्थिति रहेको थियो ।
गुप्त गुरुङ नेतृत्वको उक्त कलाकार समूहले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

